अमेरिकी टिप्पणीप्रति राजदूत यान्छीको यस्तो जवाफ « Nagarik Khabar

अमेरिकी टिप्पणीप्रति राजदूत यान्छीको यस्तो जवाफ



काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत लगानी भित्र्याउने मुलुक ऋणको दुश्चक्रमा फस्ने भन्ने अमेरिकी टिप्पणीलाई चीनले ‘भ्रमपूर्ण’ भनेको छ । उसले अमेरिकाको यो टिप्पणी नपत्याउन आग्रहसमेत गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

‘चीनको लगानीले कुनै पनि मुलुक ऋणको दुश्चक्रमा परेको प्रमाण छैन,’ नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘त्यसैले चीनको लगानीका सम्बन्धमा अमेरिकी धारणा भ्रमपूर्ण छ ।’ काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरूले चीनको लगानी नेपालको पनि हितमा हुनुपर्ने सर्तमा मात्रै आउनुपर्ने भन्दै श्रीलंकालगायत मुलुकमा ‘बीआरआई’ ले निम्त्याएको ऋणको शृंखला दोहोरिन सक्ने चेतावनी दिँदै आएका छन् ।

चीनले पहिलोपटक यसलाई ‘झूटो दाबी’ भनी खण्डन गर्न बालुवाटारस्थित दूतावास कार्यालयमा बिहीबार प्रेस सम्मेलन आयोजना गरेको हो । ‘ऋणको दुश्चक्रमा अल्पविकसित देशहरू पहिलेदेखि नै थिए, बरु बीआरआईमा सहभागी भएपछि तिनीहरू विकासै नहुने दुश्चक्रबाट बाहिर आएका छन्,’ यान्छीले भनिन् ।

‘बीआरआईमा संलग्न राष्ट्र र चीन बराबरीका साझेदार हुन्, यसमा हामी कुनै पनि थप राजनीतिक सर्त थप्ने वा भूराजनीतिक रणनीति अवलम्बन गर्ने काम गर्दैनौं,’उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: