दाइजो नपाएपछि मण्डपमै बेहुली छाडेर हिँडे बेहुला « Nagarik Khabar

दाइजो नपाएपछि मण्डपमै बेहुली छाडेर हिँडे बेहुला



विराटनगर । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए ।

बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: