सिक्किममा २५ वर्षपछि ढल्यो चाम्लिङ शासन « Nagarik Khabar

सिक्किममा २५ वर्षपछि ढल्यो चाम्लिङ शासन



पाँचपटक चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले विधान सभामा बहुमत गुमाएको छ । ३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएको छ ।

पिएस गोले नेतृत्वको मोर्चाले बहुमतका लागि आवश्यक १७ स्थानमा विजय हासिल गरेको छ । भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक मात्र सिट पनि जितेको छ । गोलेको दल २०१३ मा मात्र स्थापना भएको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

चाम्लिङ नेतृत्वको एसडिएफले १४ स्थान जितेको छ, एक स्थानमा उसको अग्रता छ । चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री थिए । उनी सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्री पनि हुन् । चाम्लिङले सन् २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जितेका थिए । उनी सन् १९९४ देखि सत्तामा थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: