विकिलिक्स प्रमुख जुलियन असान्ज विरुद्ध १७ अभियोग « Nagarik Khabar

विकिलिक्स प्रमुख जुलियन असान्ज विरुद्ध १७ अभियोग



एजेन्सी । बेलायतको जेलमा रहेका विकिलिक्सका सहसंस्थापक जुलियन असान्ज विरुद्ध अमेरिकी कानुन मन्त्रालयले नयाँ थप १७ वटा अभियोग लगाएको छ । नयाँ अभियोगमा क्लासिफाइड स्रोतहरुबाट सूचना लिने र गैरकानुनी रुपमा उनीहरुको नाम सार्वजनिक गर्ने काम गरिएको विषयसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाइएको छ ।

उनलाई अमेरिकी रक्षा मन्त्रालयमा पहुँचका लागि पूर्व गुप्तचर अनुसन्धाता चेल्सिया मनीङसँग षडयन्त्र गरेको गत महिना अभियोग लगाइएको थियो । सन् २०१२मा असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएकोमा हालै इक्वेडरले शरण दिन नमानेपछि ४७ वर्षिय असान्ज ११ अप्रिल २०१९ पछि धरौटी नतिर्दा ५० हप्ताका लागि बेलायती जेलमा रहेका छन् । उनले आफूमाथिका सबै खाले आरोपहरुको खण्डन गर्दै आएका छन् । अमेरिकाले उनलाई सुपुर्दगी गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: