संसारका १० चर्चित व्यक्ति: जसलाई मानव पुस्ताले सधैं सम्झिन्छ « Nagarik Khabar

संसारका १० चर्चित व्यक्ति: जसलाई मानव पुस्ताले सधैं सम्झिन्छ



एजेन्सी पृथ्वीमा अहिलेसम्म ८० अर्ब मानिसहरू जन्मेर मरिसकेको अनुमान गरिएको छ । अहिले पृथ्वीमा ८ अर्ब मानिस रहेका छन् । मानिसको उत्पत्ति झन्डै २ लाख वर्ष पहिला भएको वैज्ञानिकहरूले दाबी गरेका छन् । केही अहिले पनि क्रियाशील छन् । अहिले क्रियाशिल रहेका केही व्यक्ति पनि संसारभर चर्चाको सिखरमा छन् । 

संसारमा विगतमा मरेका थोरै मानिस मात्र सम्झनामा छन् । जसले संसारमा कुनै न कुनै प्रकारको मार्ग दर्शन गरेका छन् । त्यस्ता व्यक्ति आम नागरिकको सम्झना बनिरहेका हुन्छन् । तर केही व्यक्ति गलत बाटोबाट समेत चर्चामा हुन्छन् ।  आज हामीले शीर्ष १० मानिसका बारेमा जानकारी प्रस्तुत गछौं ।

१. विल गेट्स जन्म सन् १९५५

संसारकै धनी व्यक्तिको रूपमा चर्चित विल गेट्सले विद्यालय तहकै अध्ययनका क्रममा कम्प्युटरको एक कार्यक्रम बनाए । सन् १९७७ मा माइक्रोसफ्टको स्थापना गरेर उनले संसारलाई चकित पारे । माइक्रोसफ्ट बनाएको ६ वर्षमा उनी पृथ्वीकै धनी व्यक्ति बने ।

अहिले पनि उनी संसारका धनी व्यक्ति मध्य एक हुन । सन् २००२ मा उनले श्रीमतीसँग मिलेर विल एण्ड मेलिण्डा फाउन्डेसन खोलेका छन् । यो संसारकै ठुलो च्यारिटि संस्था हो । फाउन्डेसनले बिकासउन्मुख देशबाट पोलियो लगायत प्राण घातक रोगहरू अन्त्य गर्ने लक्ष्य लिएको छ ।

२. मार्टिन लुथर किंग (सन् १९२९-१९६८)

गोराले काला जातिमाथि गरेको अमानवीय व्यवहार बिरुद्व सङ्घर्षको मैदानमा उत्रेर विश्वमा समानता र भ्रातृत्वको सन्देश दिन सफल मार्टिन लुथर किंग युग पुरुष हुन् । गान्धी बाट प्रभावित उनले शान्तिपूर्ण आन्दोलनबाट समस्याको समाधान गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरेका छन् ।

सन् १९६४मा नोवेल शान्ति पुरस्कारबाट सम्मानित उनी मानव समुदायको समानता र न्यायका लागि साहसिक योद्वाका रूपमा संसारभर आदर्श बनिरहेका छन् ।

३. नेल्सन मण्डेला (सन् १९१८-२०१३)

आफ्नो जीवनको सम्पूर्ण समय दक्षिण अफ्रिकी जनताको समानताका लागि लडेका मण्डेला संसार भर चर्चित छन् । जस्तो सुकै परिस्थितिकाबिच आफ्नो उद्देश्य प्राप्तिका लागी निरन्तर लागिरहने मण्डेला धैर्यताका प्रतिमूर्ति हुन् ।

२७ वर्ष जेलमा कठिन समय बिताएका मण्डेला रिहाइ भए लगत्तै सन् १९९०मा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले रंगभेदी विभेद अन्त्यका लागि कठिन सङ्घर्ष गरेर संसारभर चर्चा मात्र कमाएनन् आदर्श व्यक्तिका रूपमा आफूलाई स्थापित गरे । सन् १९९३मा उनी नोवेल शान्ति पुरस्कारबाट सम्मानित समेत भए ।

४. एडोल्फ हिटलर (सन् १८८९-१९४५)

विश्वभर तानाशाहको रूपमा चर्चित हिटलर सन् १९३३ देखि १९४५ सम्म जर्मन चान्सलर थिए । हिटलरकै कारण विश्वमा शक्तिराष्ट्रहरु बिच तीव्र धुर्विकरण भएर ठुलो विनाशकारी युद्व भएको थियो ।

हिटलरका कारण इतिहासले अर्कै मोड लियो जसका कारण दोस्रो विश्वयुद्ध सुरु भयो । दोस्रो विश्वयुद्धका दौरान ६० लाख मानिसको हत्या भएको थियो । आज पनि कहालीलाग्दो इतिहास सम्झँदा हिटलरको नाम सम्झनामा आउँछ ।

५. अल्बर्ट आइंस्टाइन (सन् १८७९-१९५५)

भौतिक विज्ञानका पिता भनेर चिनिने अल्वर्ट आइन्स्टाइनले “थेउरि अफ रिलेटिभिटि“ प्रतिपादन गरेका थिए । उनले पुराना मूल्य र मान्यताहरू विस्थापित गर्दै विज्ञानको जगतमा नयाँ युगको सुरुवात गरेका थिए ।

सन् १९२१ मा भौतिक विज्ञानको क्षेत्रमा नोवेल पुरस्कार प्राप्त गर्न सफल आइन्स्टाइन कारण अमेरिकाले अणु बम बनाएर संसारलाई आफ्नो काबुमा राख्न सफल भयो । अमेरिकालाई महाशक्तिको रूपमा उभ्याउन उनको अतुलनीय भूमिका र योगदान छ ।

६. महात्मा गान्धी (सन् १८६९-१९४८)

कानुन व्यवसायी रूपमा करियर सुरु गरेका गान्धी संसारमा एउटा महान् आध्यात्मिक नेताको रूपमा आफूलाई उभ्याउन सफल भए । भारतका राष्ट्रपिताको रूपमा गान्धीलाई सम्मान गरिन्छ ।

शान्तिपूर्ण आन्दोलन गरेर एक शताब्दी शासन गरेको इस्ट इण्डिया कम्पनीलाई हटाएर भारतलाई स्वतन्त्र देश बनाउन सफल गान्धी विश्व शान्तिका दूत हुन् । उनको सरल जीवनशैली र धार्मिक सहिष्णुताका कारण गान्धीलाई शान्तिका अग्रदूतको रूपमा लिने गरिन्छ ।

७. कार्ल मार्क्स (सन् १८१८-१८८३)

२०औ शताब्दीमा मार्क्सका बिचारले विश्व राजनीति, अर्थतन्त्र र सामाजिक संरचनामा उथलपुथल ल्याइदियो । मार्क्सका बिचारबाट प्रभावित भएर कयौँ देशमा सर्वहारा वर्गको मुक्तिका लागि क्रान्ति भए । उनले संसारमा सबै समान भएको र त्यसका लागि विद्रोह गर्नुपर्ने सन्देश दिन सफल भए ।

मार्क्सले सन् १८४८ मा एगेल्ससंग मिलेर कम्युनिस्ट घोषणापत्र लेखेका थिए । सन् १९५० सम्म आइपुग्दा पृथ्वीमा रहेको आधा जनसङ्ख्या कम्युनिस्ट सत्ता बाट शासित भयो । मार्क्सका बिचारले मानवजातिलाई सदैव प्रगतिशील बन्न प्रेरित गरिरहेको छ ।

८. चाल्र्स डार्विन (सन् १८०९-१८८२)

चाल्र्स डार्विनले संसारमा विभिन्न प्रजातिको बिकासक्रम बारे गहिरो खोज अनुसन्धान गरेर जीव विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन् । डार्विनले “ द ओरिजिन अफ स्पेसिस बाइ नेचुरल सेलेक्सन“ सिद्वान्त प्रतिपादन गरेका कारण आज जीवहरूको इतिहास र भविष्यको बारेमा कल्पना गर्न सहज भएको छ ।

संसारमा मानिस देखि कमिलासम्मको उत्पत्तिका बारेमा डार्विनका सिद्धान्त मार्फत बुझ्न सकिन्छ । सन् १८३१ देखि १८३६ सम्म ५ वर्ष समुद्रमा मात्रै यात्रा गरेका डार्विनले प्रकृति भन्दा ठुलो ज्ञानको स्रोत केही नभएको कुरा पत्ता लगाएका छन् ।

९. विलियम सेक्सपियर (सन् १५६४-१६१६)

सेक्सपियर महान् दार्शनिक तथा साहित्यकारका रूपमा चर्चित नाम हो । सेक्सपियरले अङ्ग्रेजी भाषामा १७ सय भन्दा बढी नयाँ शब्दको विकास गरेका थिए । सामाजिक रूपान्तरणका लागि उनका कृतिले महत्त्वपूर्ण योगदान गरेका छन् ।

आज पनि साहित्य क्षेत्रको नक्षत्रको रूपमा संसारभरका नागरिकले उनलाई सम्झना छुटाउँदैनन् ।

१०. क्रिस्टोफर कोलोम्वस (सन् १४५१-१५०६)

आज संसार भरका मान्छे अमेरिका जाने सपना देख्छन् । अमेरिका नाम गरेको देश पत्ता लगाउने क्रिस्टोफर कोलोम्वस हुन् । सन् १४९२ मा एसिया जाने भनेर हिँडेका कोलोम्वस अमेरिका पुगेका थिए ।

कोलोम्वसका कारण विश्व अमेरिकासँग जोडिन सफल भयो । उनले पत्ता लगाएपछि मात्र अमेरिकाको अस्तित्व सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: