कामदार लिने नीति खुकुलो बनाउँदै मलेसिया, नेपाली कामदारलाई मलेसिया कहिले खुल्ला ? « Nagarik Khabar

कामदार लिने नीति खुकुलो बनाउँदै मलेसिया, नेपाली कामदारलाई मलेसिया कहिले खुल्ला ?



काठमाडौं । मलेसियामा विदेशी कामदारको अभाव हुन थालेपछि मलेसियन सरकारले विदेशी कामदारको नीतिलाई खुकुलो बनाउने संकेत गरेको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले विगत दुई वर्षको तुलनामा विदेशी कामदार घटेको बताउँदै विदेशी कामदारको नीति खुकुलो बनाउने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको बताएका छन् । ‘यो मन्त्रिपरिषदको बैठकमा विदेशी कामदालाई इन्ट्री गर्ने विषयमा सकारात्मक छलफल भयो निकट भविष्यमा सरकारी धारणा सार्वजनिक हुनेछ’, उनको भनाइलाई उधृत गर्दै त्यहाँको एक दैनिकले समाचार प्रकासित गरेको छ ।

मलेसियाली अंग्रेजी दैनिक ‘द स्टार’ले प्रकासित गरेको समाचार अनुसार मलेसियाली सरकारले विदेशी कामदार ल्याउन कडाई गरेपछि यहाँका औद्योगिक क्षेत्रहरुमा कामदार अभाव हुन थालेको थियो । कामदार अभाव भएपछि उद्योगी व्यवशायीहरुले सरकारलाई कामदार ल्याउन नीति खुकुलो बनाउन पटक पटकको आग्रहपछि मानव संशाधन मन्त्री एम. कुलासेगरनले सो कुरा बताएका हुन । ‘गैरकानुनी रुपले बसेका कामदारलाई काम गर्न पाउने अवसरसहितको कार्यक्रम सञ्चालन हुन्छ त्यसपछि सरकारले केही सोच्नुक्छ’, एम. कुलासेगरनको भनाई उद्यृत गर्दै द स्टार दैनिकले समाचार बनाएको छ ।

मलेसियाले हाल गैरकानुनी विदेशी कामदारहरुलाई बैध हुने र काम गर्न पाउने अवसरसहितको कार्यक्रम (रिहाइरिङ प्रोग्राम) सञ्चालन गरिरहेको छ । तर कामदार ल्याउने नीतिलाई भने कडाइ गरेको थियो ।

नेपालबाट एक वर्षमा करिब डेढ लाखदेखि दुई लाख नेपाली कामदार मलेसिया जाने गरेका थिए । सरकारले ‘फ्रि भिसा फ्रि टिकट नीति’ र मलेसियाको विदेशी कामदारप्रतिको कडा नीतिका कारण नेपाली कामदारको संख्या घटेको छ ।

‘द स्टार’ दैनिकमा उल्लेख भएअनुसार करिब ५५ हजार विदेशी कामदार ‘रिहाइरिङ प्रोग्राम’ अन्तर्गत बैध भई रोजगारी गर्नका लागि दर्ता भएका छन् । तीमध्ये नेपाली कमै छन । यहाँका उत्पादन र निर्माण क्षेत्रमा कामदारको अभाव खटिएपछि रोजगारदाता एवं सरोकारवालाहरुले बन्देज फुकुवा गर्न सरकारको ध्यान आग्रह गर्दै आएका थिए ।

मलेसियामा उत्पादन क्षेत्र (रबर, इलेक्ट्रोनिक्स र फर्निचर) र निर्माण एवं प्लान्टेशन क्षेत्रमा कामदारको अभाव भएको छ । मलेसियाको एक फर्निचर उद्योगले त कामदारको अभावमा आफ्नो कम्पनी बन्द भएको भन्दै सरकारलाई कामदार नीति खुकुलो बनाउन आग्रह गरेको थियो ।

मलेसियन मानव संशाधन मन्त्रीको सो धारणा आएपछि मलेसियामा नेपाली कामदारको माग बढ्ने संभावना रहेको छ । तर, नेपाल सरकार भने मलेसियामा कामदार पठाउन गत कात्तिक १२ गते भएको सम्झौता कार्यान्वयन समेत नगर्दा धेरै नेपालीले अवसरबाट वञ्चित हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: