साँखुबाट एक लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ « Nagarik Khabar

साँखुबाट एक लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ



काठमाडौ । जग्गा हालसाविक गरिदिने भन्दै एक लाख ५० हजार घुस लिने नापी सर्वेक्षक र लेखापढी व्यवशायी पक्राउ परेका छन् । नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग रकम मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई निगरानी गरिरहेको थियो । विहिबार भने कार्यालय परिसरमै सेवाग्राहीबाट एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो । घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: