रौतहट । दाइजोमा लाखौं रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।
रौतहटको राजदेवी नगरपालिका–३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीकी २२ वर्षीया श्रीमती निशा उपाध्याय तिवारीलाई माइतीबाट दाइजोस्वरूप सुत्ने पलङ नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याइएको मृतकका दाजु दिलीप उपाध्यायले बताए। यो समाचार आजको नागरिक दैनिकले प्रकासित गरेको छ ।
रौतहटको गढीमाई नगरपालिका–५ मदनपुरका रामबाबु उपाध्यायकी भतिजी निशाको राजदेवी नगरपालिका चण्डिहा बस्ने वीरेन्द्र तिवारीको छोरा विवेकसँग २०७३ साल फागुन २२ गते सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो।