महासचिवले जग्गा किनेको हो, हडपेको होइनः प्रधानमन्त्री « Nagarik Khabar

महासचिवले जग्गा किनेको हो, हडपेको होइनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन्। नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो। उनले बैठकमा भने, ‘हाम्रो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पनि त्यहाँ जग्गा किन्नुभएको रहेछ। उहाँले किनेको जग्गाको विषयलाई लिएर सरकार र पार्टीको बदनाम गर्न जरुरी छैन।’ महासचिव पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा बालुवाटारको जग्गा खरिद गरेको प्रमाण देखिएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, ‘त्यसका आधारमा हेर्दा उहाँ अन्यायमा पर्नुभयो होला तर जग्गा फिर्ता गर्ने प्रक्रिया रोकिँदैन।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: