राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै « Nagarik Khabar

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै



काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन । उनी आज विहान १०ः३० बजे स्वदेश आईपुग्ने गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी निर्धिारित भ्रमण तालिकाभन्दा एक दिन अगावै स्वदेश फर्कदै छिन ।

चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएर मंगलबार तिब्बतको ल्हासा पुगेकी भण्डारी सहित भ्रमण टोलीका अधिकांश सदस्यलाई हाई अल्टिच्यूड (लेक लागेको)का कारण स्वास्थ्यमा सामान्य समस्या भएको बताइएको छ ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । उनी बिहीबार विहान ११ बजे स्वदेश आईपुग्ने पूर्वानिर्धारित कार्यतालिका थियो ।
राष्ट्रपति भण्डारी बीआरआईमा सहभागी हुन वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: