गुडिरहेको कारभित्र युवती बलात्कृत « Nagarik Khabar

गुडिरहेको कारभित्र युवती बलात्कृत



एजेन्सी । भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयंले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।

उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा राखेर बलात्कार गरियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको एनडीटीभीको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: