श्रमिकको हक सुनिश्चित हुन्छः अध्यक्ष प्रचण्ड « Nagarik Khabar

श्रमिकको हक सुनिश्चित हुन्छः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
१३० औं विश्व मजदुर दिवसको अवसरमा आज (बुधबार) विहान एक शुभकामना सन्देश जारी गर्दै उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको जनाएका हुन । ‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उनले देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई पार्टी तथा सरकारले प्राथमिकतामा राखेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष विश्वभरका श्रमिकहरुले दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: