मजदुरलाई कानूनसम्मत् अधिकारः देउवा « Nagarik Khabar

मजदुरलाई कानूनसम्मत् अधिकारः देउवा



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना दिएका छन् । १३० औं मजदुर दिवसको अवसरमा आज (बुधबार) विहान शुभकामना सन्देश दिदै देउवाले नेपाली कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गरेका छन् । ‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’, देउवाले शुभकामना सन्देशमा भनेका छन् ।
२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको स्मरण पनि देउवाले आफ्नो शुभकामना सन्देशमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: