बेङ्लोर आईपीएलबाट बाहिरीने पहिलो टोली « Nagarik Khabar

बेङ्लोर आईपीएलबाट बाहिरीने पहिलो टोली



बेङ्लोर । रोयल च्यालेञ्जर्स बेङ्लोर जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरीने पहिलो टोली बनेको छ । मंगलबार वर्षाले प्रभावित बनेको राजस्थान रोयल्सविरुद्वको खेल अनिर्णित भएपछि बेङ्लोर प्रतियोगिताबाट बाहिरीएको हो ।

बराबरीको नतिजाले राजस्थानलाई समेत प्लेअफ चरणको यात्रा मुस्किल बनेको छ । मंगलबार बेङ्लोर स्थित चिन्नस्वामी स्टेडीयममा सुरुवातबाटै वर्षा भए पछि खेल दुई घण्टा भन्दा बढि समय रोकिएको थियो । वर्षा रोकिएपछि पाँच ओभरमा छोट्याएर खेल सुरु गरिएको थियो । यद्यपि फेरि वर्षा सुरु भएपछि दुबै टोलीले एक÷एक अंक बाढेका थिए ।

अन्तिम पाँच ओभरको खेलमा पहिले ब्याटिङ गरेको बेङ्लोरले पाँच ओभरमा सात विकेट गुमाएर ६२ रनको योगफल तय गरेको थियो । जवाफमा राजस्थानले ३.२ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाउँदा वर्षाले फेरि खेल अवरुद्ध बनेको थियो । खेल अवरुद्ध बन्दा सञ्जु साम्सन १३ बलमा २८ रनमा आउट भएका थिए । बेङ्लोरका लागि कप्तान विराट कोहलीले सात बलमै २५ रन जोडेका थिए ।

बेङ्लोरविरुद्ध श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । उनले कोहली र एबि डी भिल्लियर्ससहित मार्कस स्टोइनिसलाई आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: