विश्व प्रेस स्वतन्त्रता दिवसमा महासङ्घको र्‍याली (भिडियो सहित) « Nagarik Khabar

विश्व प्रेस स्वतन्त्रता दिवसमा महासङ्घको र्‍याली (भिडियो सहित)



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा बुधवार र्‍याली निकालेको छ । नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍यालीको आयोजना गरेको हो ।
काठमाडौँको बबरमहलबाट सुरु भएको र्‍याली बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरमामा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग  गरे । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरूको न्यूनतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: