श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउनु पर्छः उपराष्ट्रपति पुन « Nagarik Khabar

श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउनु पर्छः उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने राज्यको नीतिलाई व्यावाहारमा उतार्नुपर्ने बताएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा शुभकामना दिदै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन ।
‘नेपाली श्रमजिवि वर्गले लामो समयदेखि अनेकन समस्या भोग्दै र संघर्ष गर्दै आएको छ । हाम्रो संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । श्रमिक मजदुरहरुको हक हितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन भएमामात्रै पनि मजदुरहरुको धेरै अधिकार प्राप्त हुने मैले विश्वास लिएको छु’, उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले श्रमजिवि वर्गले अधिकार प्राप्त नगरेसम्म र श्रमजिवि वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव छैन भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सबै श्रमजिवि वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘श्रमजिवि वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने राज्यको नीतिलाई व्यावाहारमा उतार्नुपर्दछ । अन्तर्राष्ट्रिय मजुदर दिवसको अवसरमा म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, ’ शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: