स्वास्थ्यका कारण भ्रमण छोट्याएर राष्ट्रपति स्वेदश फर्किइन् (भिडियो सहित) « Nagarik Khabar

स्वास्थ्यका कारण भ्रमण छोट्याएर राष्ट्रपति स्वेदश फर्किइन् (भिडियो सहित)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वदेश स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण छोट्याएर उनी आज स्वेदश फर्किएकी हुन । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको थियो ।
समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट जाँदा हाई अल्टिच्युड हुने र स्वास्थ्यमा समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: