आईपीएलमा आज सन्दीप खेल्छन् ? « Nagarik Khabar

आईपीएलमा आज सन्दीप खेल्छन् ?



काठमाडौँ । इन्डीयन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किँग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा आठ बजे चेन्नईको घरेलु मैदानमा हुनेछ ।
चेन्नईले दिल्ली विरुद्ध स्पिनरलाई प्रमुख बलरको रूपमा खेलाउने छ । त्यसैले पनि दिल्लीले आफ्ना अनुभवी स्पिनर अमित मिश्रा र सन्दीप लामिछानेलाई अगाडि  सार्न सक्छ । तर सन्दीप अघिल्लो खेलमा विकेट विहीन रहेर सबैभन्दा महँगो साबित भएकाले उनको ठाउँमा क्रिस मोरिस खेल्न सक्ने अनुमान गरिएको छ । क्रिकेटको अन्तर्राष्ट्रिय साइट क्रिकइन्फोले सन्दीपलाई प्लेईङ्ग ११ मा राखेको छ । 
दिल्ली आईपीएलको शीर्ष स्थानमा रहेको छ भने चेन्नई १६ अङ्क भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ । आजको खेल जित्ने टोली शीर्ष दुईमा पर्ने सम्भावना बलियो हुन्छ । त्यसैले आजको खेल दुवै टोलीका लागि शीर्ष दुईमा पर्न महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: