जापानका राजालाई राष्ट्रपतिको बधाई « Nagarik Khabar

जापानका राजालाई राष्ट्रपतिको बधाई



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गर्नुभएकामा हार्दिक बधाई दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन ।
साथै राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाएको सन्देशमा उनको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गरेका छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: