कपिलवस्तु । शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ ।
शिवगढी नजिक बगराह खोलाको किनारमा करिब ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए ।
स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।