राष्ट्रिय पुरुष बास्केटबल : शंकरदेव र जेभियर उपाधि नजिक « Nagarik Khabar

राष्ट्रिय पुरुष बास्केटबल : शंकरदेव र जेभियर उपाधि नजिक



काठमाडौं । शंकरदेव र जेभियर कलेज खुल्ला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधवार प्राइम कलेजको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा गोल्डेनगेट कलेजलाई ६२–५५ को स्कोरले पराजित गर्दै शंकरदेव उपाधि नजिक पुगेको हो ।

शंकरदेवको जितमा सौरभ श्रेष्ठले सर्वाधिक ३९ स्कोर गरे । मध्यान्तरसम्म चार अंकले पछि परेको शंकरदेवले उत्कृष्ट पुनरागमन गदै जित निश्चित गरेको थियो । शंकरदेव पहिलो र दोस्रो क्वार्टरमा १४–१६ र १९–२१ ले पछि परेको थियो । त्यसपछि भने तेस्रो र चौथो क्वार्टरमा १८–११ र ११–७ को अग्रतासँगै शंकरदेवले जित हात पारेको हो ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा टाइम्स कलेजलाई ६२–५७ ले पराजित गर्दै जेभियरले शंकरदेवसँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल बिहिबार हुने छ । प्रतियोगिताको विजेता टोलीले एक लाख तथा उपविजेता टोलीले ५५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: