माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु « Nagarik Khabar

माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु



गलेश्वर । अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन ढिस्कोले पुरिएर म्याग्दीमा सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ ।
ढिस्कोले पुरिएर बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेका उनको सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: