एक वर्षमा मजदुरको पक्षमा इतिहासमा नभएको काम भएको छ: प्रधानमन्त्री ओली (भिडियो सहित) « Nagarik Khabar

एक वर्षमा मजदुरको पक्षमा इतिहासमा नभएको काम भएको छ: प्रधानमन्त्री ओली (भिडियो सहित)



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले एकवर्षमा इतिहासमा नभएको काम भएको गरेका छन् । मजदुर दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले सरकारले एकवर्षमा इतिहासमा कहिल्यै- नगरेको काम गरेको दावी गरे ।
प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दै गईरहेका बेला राष्ट्रिय जनता पार्टी राजपा, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रतिक्रिया दिए । मंचमा संगै रहेका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई प्रधानमन्त्रीले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।


प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्दा जनताले के भन्छन भन्ने प्रश्न मात्र गरेनन् पटक पटक आलोचकहरुलाई आलोचना गर्दा विचार पुर्याउन आग्रह गरे । उनले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
१ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु¥याइएको दावी पनि गरे । उनले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलवभत्ता दिने सरकारको निर्णय मजदुर वर्गका लागि अकल्पनीय उपलब्धी भएको टिप्पणी गरे ।
मजदुरहरुको पक्षमा सरकारले गरेको निर्णय वर्णन गरिरहन नपर्ने बताउँदैं उनले सरकार, व्यवसायी र मजदुरहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: