एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट « Nagarik Khabar

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो एकेडेमीका लागि ८१ जना खेलाडीको छनोट गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बिहान सम्पन्न छनोटप्रतियोगितामार्फत एन्फाले मेडिकल परीक्षणका लागि यु–१३ उमेर समूहका ८१ जना खेलाडीको छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि सुरु भएको अन्तिम चरणको छनोटबाट एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।
एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । छनोट भएका ८१ मध्ये मेडिकलमा पनि पास भएका अन्तिम ५० जना खेलाडी एन्फा एकेडेमीका लागि छनोट हुनेछन् । छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमीमा राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
छनोट हुने खेलाडीहरूमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: