बाग्लुङको हुग्दिशिरमा एक घर जलेर नष्ट « Nagarik Khabar

बाग्लुङको हुग्दिशिरमा एक घर जलेर नष्ट



बाग्लुङ । बाग्लुङको बरेङ गाउँपालिका २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो २ बजे स्थानीय रनबहादुर पुनको खरको घरमा आगलागी भएको हो ।

पुनको घरमा झुन्डाइएको मकैको पोस्करमा छिमेकी ६ वर्षको बालकले लाइटर पार्दा आगलागी भएको थियो । आगलागीबाट लत्ताकपडा, अन्नबाली, दारपात जल्दा झण्डै ३ लाख ६० हजार बराबरको क्षति भएको छ ।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । पानीको अभावका कारण आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: