सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Nagarik Khabar

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



धादिङ । गल्छी नगरपालिका–४ बेल्खु पृथ्वीलोकमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौंको चन्द्रागिरी नगरपालिका, गुर्जुधाराका २९ वर्षीय राज महर्जन र वडा नम्बर १२ का ३० वर्षीय कविकुमार महर्जन रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रो र गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइलक एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

माइक्रोको ठक्करबाट उछिट्टिएका मोटरसाइकलमा सवार दुवै जना सोही दिशातर्फ जाँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकको चक्कामा पुगेको र ट्रकको चक्काले किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको ढुंगेलले बताए ।

ट्रक चालक धादिङका ३५ वर्षीीय राजु अर्याल र माइक्रो चालक नवलपरासीको अरुणखोला नगरपालिका–१३ का ३७ वर्षीय धनबहादुर चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: