अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ को विजयी सुरुवात « Nagarik Khabar

अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ को विजयी सुरुवात



काठमाडौँ । प्रदेश नम्बर ३ ले बुधबारबाट राजधानीमा सुरु भएको मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रदेश ३ ले उद्घाटन खेलमा गण्डकी प्रदेशलाई आठ विकेटले पराजित गर्याे ।

कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २७.५ ओभरमा सवै विकेट गुमाउनुअघि ९९ रनको योगफल तय गरेको थियो । जवाफमा प्रदेश नम्बर ३ ले १६.५ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

प्रदेश नम्बर ३ को जितमा आइस भट्टराईले ५७ बलमा अविजित ५९ रनको योगदान दिए । उनले आफ्नो पालीमा ६ चौका प्रहार गरेका थिए । यस्तै अभिशेक उपाध्यायले ३५ बलमा ३५ रनकै योगदान दिए । गण्डकी प्रदेशका लागि भने अभिशेक थापाले २२, अनित बरालले १७ र अर्जुन कुमालले १६ रन जोडेका थिए ।

गण्डकी प्रदेशलाई सहज योगफलमा रोक्न प्रदेश नम्बर ३ का अजय देव एक्लैले ६ विकेट लिएका थिए । ५.५ ओभर २४ रन खर्चिएका उनी म्यान अफ दी म्याच चुनिए । थिए । त्यस बाहेक सक्रिय प्रताप कार्की, दीपक बोहोरा र क्रिस कार्कीले एक/एक विकेट लिए । गण्डकी प्रदेशका विश्व कार्कीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: