काठमाडौंमा ६ लाख चोर्दै गर्दा सुनसरीका एक युवा पक्राउ « Nagarik Khabar

काठमाडौंमा ६ लाख चोर्दै गर्दा सुनसरीका एक युवा पक्राउ



काठमाडौं । काठमाडौंको अनामनगरबाट ६ लाख रुपैयाँ चोरी गर्दा एक जना पक्राउ परेका छन् । अनामनगरमा रहेको सगरमाथा पोलुसन कन्टोल कमिटिको सेफ भित्र राखेको नगद ६ लाख रुपैयाँ चोरी गर्दा गर्दै चोरलाई पक्रिएको प्रहरीले जनाएको ।
सुनसरीको धराननगरपालिका ११ स्थायी घर भएर अनामनगर डेरागरी बस्ने २३ वर्षिय कृतन राईलाई प्रहरीले पक्रेको हो । उनी रकम चोरी गरेर झ्यालबाट हाम फालेर भाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले पक्रेको थियो । प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: