श्रमिक दिवसको झकिझकाउले नछोएका श्रमिक (फोटो र भिडियो) « Nagarik Khabar

श्रमिक दिवसको झकिझकाउले नछोएका श्रमिक (फोटो र भिडियो)



काठमाडौं । आज मे १ अर्थात् १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभर मनाइने यस दिवस नेपालमा पनि ‘दिगो पेन्सनका लागि सामाजिक साझेदारहरुको भूमिका’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइयो ।

दैनिक आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै अमेरिकाको शिकागोमा सन् १८८६ मा भएको मजदुर आन्दोलनको उपलब्धिको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

श्रमिक दिवस मनाइरहँदा देशको दूरदराजको त कुरै छाडौं, संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकाका दैनिक मजदुरी गरेर जिउँदै आएका श्रमिकलाई आफ्नै नामको दिवसको अत्तोपत्तो थिएन ।

मजदुर दिवसको मौका पारेर ललितपुरको हरिसिद्धि छेउछाउमा रहेको केही इँटाभट्टा पुग्दा त्यहाँ रहेका श्रमिकहरु आफ्नो र आफ्ना सन्तानको पेट भर्न तल्लीन थिए । नजिकै रहेको ललितपुर र काठमाडौंको सहरमा श्रमिक दिवसको अवसर झकिझकाउका साथ कार्यक्रम भइरहँदा इँटाभट्टाका मजदुर मध्याह्नको घाममा पसिना चुहाउँदै काम गरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: