चन्द्रागिरी गोल्डकप : च्यासल सेमिफाइनलमा « Nagarik Khabar

चन्द्रागिरी गोल्डकप : च्यासल सेमिफाइनलमा



काठमाडौ । ए डिभिजनको क्लब भ्याली च्यासल दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्ज युनाइटेडलाई २–० गोलले पराजित गर्दै च्यासल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे ।

सुरुवातबाटै आक्रामक फुटबल खेलेको च्यासलले खेलको ४५औं मिनेटमा १–० को अग्रता बनाएको थियो । अफ्रिकी मूलका खेलाडी जुनियरको पास सदुपयोग गर्दै मिललने पहिलो हाफमै टोलीलाई अगाडि राखेका थिए ।

त्यसपछि खेलको ७४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मिलने टोलीको जित २–० निश्चित गरेका थिए । टोलीको जितमा महतवपूर्ण दुई गोल गरेका मिलन म्यान अफ दी म्याच चुनिए । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । जावलाखेल युथ क्लब, सरस्वती युवा क्लब र एपीएफ क्लब यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: