गणतन्त्र संस्थागत गर्न चुनौती: प्रचण्ड « Nagarik Khabar

गणतन्त्र संस्थागत गर्न चुनौती: प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौति रहेको बताएका छन् । मजदुरहरुको समेत ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुँदा मुलुकमा नकारात्मक अराजकताको स्थिति पैदा हुने हो कि भन्ने प्रश्न हरेक राजनीतिक नेतृत्वमा उठने गरेको अनुभूति उनले सुनाएका छन् ।
काठमाडौंमा बुधवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वमा धनी र गरिबबीचको खाडल झनै बढेर गएको हेक्का राखेर अघि बढनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले ८० प्रतिशत भन्दा बढि गरिबलाई विश्वको सम्पत्ति कब्जा गरेर बसेकाहरुले अहिले पनि अन्याय, अत्याचार गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउन जरुरी रहेको पनि बताएका छन् । उनले नेपालका श्रमिकहरुले भने सैद्धान्तिक रुपमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: