सरकारले उद्योगी-मजदुर कसैको पनि काम गरेन: राजपा नेता महतो (भिडियो सहित) « Nagarik Khabar

सरकारले उद्योगी-मजदुर कसैको पनि काम गरेन: राजपा नेता महतो (भिडियो सहित)



काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योगी–मजदुर कसैको पनि हितमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।
प्रधानमन्त्री समेत सहभागि कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महतोले सरकारले उद्योगी र मजदुर कसैको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
बहुराष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम भएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि महतोले प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए । सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने महतोको भनाई छ ।
राजपा नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेश जाँदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: