विदेशी लगानी भित्र्याउन योजनालाई प्राथमिकता दिनुपर्छ : डा. महत « Nagarik Khabar

विदेशी लगानी भित्र्याउन योजनालाई प्राथमिकता दिनुपर्छ : डा. महत



हेटौँडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले आयोजना गरेको कार्यक्रममा उनले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताए ।

प्रदेश नम्बर ३ का नेपाली काङ्ग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती कम्पनीले मजदूरलाई बेरोजगारीको अवस्थामा पु¥याउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे ।

ट्रेड युनियन काङ्ग्रेस मकवानपुरका सल्लाहकार हरिप्रसाद वाग्ले, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय उपाध्यक्ष तारा कार्की र नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले नेपाली काङ्ग्रेस र ट्रेड युनियनका बीचमा सहकार्य गर्दै मजदूरको हकहितको निर्मित पार्र्टीले रचनात्मक सहयोग गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: