काठमाडौं र आसपासमा हावाहुरी, अझै केही घण्टा रहने « Nagarik Khabar

काठमाडौं र आसपासमा हावाहुरी, अझै केही घण्टा रहने



काठमाडौं । काठमाडौंमा उपत्यका र आसपासका क्षेत्रमा बुधबार साँझ हावाहुरीका साथै पानी परिरहेको छ ।

बेलुकी ६ बजेदेखि सुरु भएको हावाहुरी उपत्यकाका तीन वटै जिल्ला र आसपासका चितवन, धादिङ, मकवानपुर र नुवाकोटमा चलिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आसरले काठमाडौं र आसपासका क्षेत्रमा क्युमुलोनिम्बस बादल निर्माण गरेको र त्यसैको असरले हावाहुरी लागेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।

यो क्रम बुधबार राति करिब ११ बजेसम्म जारी रहनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: