भोली देशभरका विद्युत् महसुल काउन्टर बन्द हुने « Nagarik Khabar

भोली देशभरका विद्युत् महसुल काउन्टर बन्द हुने



काठमाडौं । विद्युत् प्राधिकरणका देशभरका महसुल काउन्टर बिहीबार बन्द हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरण भित्र रहेका ट्रेड यूनियनहरुबीच आधिकारिक ट्रेड यूनियनका लागि बिहीबार देशैभर मतदान हुने भएकाले देशैभरका महसुल काउन्टर बन्द हुने जनाएको छ ।

प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गरेर बिहीबार महसुल संकलन नहुने जानकारी दिएको हो । अनलाइन प्रणालीबाट भने महसुल तिर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: