आई लिग च्याम्पियनलाई बराबरीमा रोक्दै मनाङले जोड्यो पहिलो अंक « Nagarik Khabar

आई लिग च्याम्पियनलाई बराबरीमा रोक्दै मनाङले जोड्यो पहिलो अंक



काठमाडौं । आई लिग च्याम्पियन टोली मिनर्भा पञ्जावलाई बराबरीमै रोक्दै मनाङ मस्र्याङ्दी क्लबले एसियाली फुटबल महासंघ (एएफसी) एसिया कपअन्तर्गत समूह चरणको खेलमा पहिलो अंक जोडेको छ । भारतको उडिसा स्थित कालिङ्गा स्टेडियममा बुधबार भएको खेलमा नेपालले मिनर्भासँग २–२ गोलको बराबरी खेलेको हो ।

यससँगै समूह ईमा रहेको मनाङको तीन खेलबाट एक अंक भएको छ । नेपालले यस अघि बंगलादेशको अबाहनी लिमिटेड ढाका र इन्डियन सुपर लिगको टोली चेन्नइन् फुटबल क्लबसँगको खेलमा भने पराजय बेहोरेको थियो । मिनर्भाविरुद्ध पेनाल्टीमा एक गोल बेहोरेको मनाङ आफूले प्राप्त पेनाल्टीमा भने गोल गर्न नसक्दा अंक बाढ्न पुगेको हो ।

मनाङ खेलको आठौं मिनेटमै पछि परेको थियो । मनाङका रक्षकले क्लियर गर्न प्रहार गरेको बल नजिकै रहेका मिनर्भाका खेलाडी श्रेयस गोपालनको खुट्टामा लागेर गोल भएको थियो । त्यससँगै घरेलु टोली मिनर्भा १–० ले अघि बढेको थियो । खेलको ३५औं मिनेटमा मिनर्भाका खेलाडीले डी भित्र आफ्ना खेलाडीलाई लडाएपछि मनाङले पेनाल्टी अवसर पायो । जसमा सुजल श्रेष्ठको बायाँ खुट्टाको प्रहारलाई मिनर्भाका गोलरक्षकले बचाएका थिए ।

त्यसका बाबजुद मनाङले ६९औं मिनेटमा खेल १–१ गोलको बराबरीमा फर्कायो । अभिशेक रिजालले डी बक्सको मध्यभागबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । मनाङले त्यसको १७ मिनेटपछि पेनाल्टी अवसर बेहो¥यो । जसलाई सदुपयोग गर्दै करिम ओमोलाजा नुराइनले घरेलु टोली मिनर्भालाई फेरि २–१ गोलले अघि राखे । अन्त्यमा खेलको ९०औं मिनेटमा अफ्रिकी मूलका खेलाडी ओलुवावुनमी सोमिदेले हेडिङमार्फत गोल गरेपछि मनाङ लगातार तेस्रो पराजयबाट बचेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: