सन्दीपको टोली दिल्ली चेन्नाईसँग ८० रनले पराजित « Nagarik Khabar

सन्दीपको टोली दिल्ली चेन्नाईसँग ८० रनले पराजित



चेन्नाई । नेपाली स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा चेन्नाई सुपर किङ्ससँग ८० रनको भारी अन्तरले पराजित भएको छ । यससँगै दिल्लीले अंक तालिकामा आफ्नो शीर्ष स्थान समेत गुमाएको छ ।

दिल्लीलाई पराजित गर्दै चेन्नाई अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । समूहगत चरणमा अन्तिम एक÷एक खेल बाँकी रहदाँ चेन्नाईको १८ र दिल्लीको १६ अंक भएको छ । यस अघिनै प्लेअफ चरणमा प्रवेश गरिसकेका यी दुई टोलीले सिधै पहिलो क्वालिफायर खेलका स्थान बनाउन प्रतिस्पर्धा गरेका थिए । त्यसमा चेन्नाई अघि देखिएको छ ।

घरेलु चिदमबरम स्टेडीयममा पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै एक सय ७९ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको दिल्लीलाई १६.२ ओभरमा ९९ रनमै रोक्दै चेन्नाईले जित निश्चित पारेको हो ।

चेन्नाईको जितमा सुरेश रैनाले ३७ बलमा ५९, कप्तान महेन्द्र सिंह धोनीले २२ बलमा अविजित ४४ र रभिन्द्र जडेजाले १० बलमै २५ रनको महत्वपूर्ण योगदान दिए । रैनाले आफ्नो पालीमा एक छक्का र आठ चौका, धोनीले तीन छक्का र चार चौका तथा जडेजाले दुई छक्का र दुई चौका प्रहार गरेका थिए । यस्तै प्रारम्भिक ब्याट्सम्यान फ दु प्ल्ेसिस्ले दुई छक्का र दुई चौकाको मद्वतले ३९ रन जोडेका थिए ।

दिल्लीलाई सस्तो योगफलमा समेट्न चेन्नाईका इमरान ताहिर एक्लैले चार र जडेजाले तीन विकेट लिए । दिल्लीका लागि भने कप्तान श्रेयस इयरले ४४ र शिखर धवनले १९ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दिल्लीका जगदीश सुचिथले चेन्नाईको दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: