अंशमा शैचालयः खुला चौरमा दिसापिसाब « Nagarik Khabar

अंशमा शैचालयः खुला चौरमा दिसापिसाब



 

जनकपुरधाम । एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।

एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय प‍र्यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ। शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित भएको छ ।

बर्खामा झन् बिजोग हुन्छ। माथिबाट पानी चुहिन्छ, पानी पसेपछि उनीहरूलाई पाइला राख्नेसमेत ठाउँ हुँदैन। तैपनि, जेनतेन यसैमा गुजारा गरिरहेको पानोदास बताउँछन्। गाउँलाई खुला दिसामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गरिएको थियो। सोही क्रममा पानोको घरमा पनि शौचालय बनेको थियो। छोरा छुट्टिँदा जेठो छोराको अंशमा शौचालय परेपछि उनी त्यहीं बसिरहेको स्थानीय रामकरण दास बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: