वालुवाटारपछि जानकी मन्दिरको जग्गा पनि अतिक्रमण « Nagarik Khabar

वालुवाटारपछि जानकी मन्दिरको जग्गा पनि अतिक्रमण



काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ ।
जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा अतिक्रमण गरेको पाइएको हो । तर, सरकारी निकायले लामो समयदेखि ती जग्गा मन्दिरको नाममा फिर्ता गराउन सकेको छैन । यो प्रकरणले बालुवाटारको सरकारी जग्गा अतिक्रमणलाई समेत माथ गरिदिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

बृहत्तर जनकपुर क्षेत्रअन्तर्गतका पोखरी मन्दिर तथा गुठीको जग्गा अतिक्रमणमा परेर नासिँदै गएको तथा भूमाफियाको सक्रियता बढेको पाइएपछि तत्कालीन सरकारले २६ साउन २०६२ मा भोजराज घिमिरेको संयोजकत्वमा १० सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरी छानबिन गरेको थियो । सो कार्यदलले ६ महिनासम्म छानबिन गरी २०६२ साल ६ माघमा अतिक्रमणसम्बन्धी विस्तृत बेहोराको प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: