आज केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने « Nagarik Khabar

आज केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने



काठमाडौ । आज दिउसो देशको पश्चिमी भूभाग र पुर्वी भूभाग लागायत मध्य पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंसिक बदली रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमी भूभाग साथै पूर्वी भूभागका केहि स्थानमा र मध्य पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ । राति देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको पनि शाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

बैशाख १९ गते (विहिबार)

विहिबार दिउँसो देशको पश्चिमी भूभाग र पुर्वी भूभाग लागायत मध्य पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्वी भूभागका केहि स्थानमा र मध्य पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ । राति देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २० गते (शुक्रबार)

शुक्रबार दिउसो देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । देशभरि सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

बैशाख २१ गते (शनिबार)

शनिवार दिउँसो देशको पूर्वी भूभागमा पुर्ण बदली, मध्य र पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदलि रही पूर्वी भूभागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पुर्वी भूभागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा आंसिक बदली रहनेछ । पूर्वी भूभाभाग लगायात मध्य तथा पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: