काठमाडौं । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
गौशाला प्रहरी वृत्तका प्रमुख डिएसपी सुनील मल्लका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५÷४० वर्षका आङदवा शेर्पा मृत फेला परेका हुन् ।
डिएसपी मल्लका अनुसार बिहीबार बिहान करिब सात बजेतिर स्थानीयले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।