पुरुष गुप्ताङ्गले नितम्ब छुँदा प्रहरीको फन्दामा « Nagarik Khabar

पुरुष गुप्ताङ्गले नितम्ब छुँदा प्रहरीको फन्दामा



एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा क्याथे ड्रागनकी क्रु सदस्यले विमानभित्र क्याटरिङकर्मीले अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन् । उनको सो आरोपछि ती क्याटरिङकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोप अनुसार क्याटरिङकर्मीले पछाडिबाट गुप्ताङ्गले ती महिलाको नितम्बमा छोएका थिए । साउथ चाइना मर्निङ पोष्टमा डेनी मोकको रिपोर्ट अनुसार २५ वर्षीय क्याटरिङकर्मी चीनको नानजिङ उड्नु अघि पार्किङमा रहेको केए ८१० नम्बरको विमानमा खाना दिँदै थिए।

प्रहरीले जनाएअनुसार त्यही बेला ती क्याटरिङकर्मीले पछाडिबाट गुप्ताङले आफ्नो नितम्ब छोएको आरोप एक जना महिला क्रु सदस्यले लगाएकी हुन्। तर क्याटरिङकर्मी पुरुषले त्यस्तो आरोप अस्वीकार गरे पनि प्रहरीले उनलाई पक्राउ गरेको छ। यो मुद्दा प्रहरीको विमानस्थल जिल्ला अनुसन्धान टोलीले हेरिरहेको एक जना प्रहरी अधिकारीले बताएका छन्। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै क्याथे प्यासेफिककी प्रवक्ताले घटनाबारे बताउन अस्वीकार गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: