समयमै महाधिवेशन गर्न कोइरालाको माग « Nagarik Khabar

समयमै महाधिवेशन गर्न कोइरालाको माग



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औ महाधिवेशन समयमै हुनपर्ने बताएका छन् । उनले समयमै महाधिवेशन भए मात्रै पार्टी काममा सहजता हुने दावी गरेका छन् । पार्टीको महाधिवेशन आउनु एक बर्ष अघि नै नेता कोइरालाले समयमै महाधिवेशन गर्न माग गरेका हुन ।
नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले पार्टीको महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए । उनले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप पनि लगाएका छन् । निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे ।वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको दावी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: