कतारको सिन्धुली सेवा समाजमा नयाँ नेतृत्व « Nagarik Khabar

कतारको सिन्धुली सेवा समाजमा नयाँ नेतृत्व



कतार । सिन्धुली सेवा समाज कतारको नवौ अधिवेशन सम्पन्न भएको छ । कतारमा रहेका सिन्धुलीवासीको हक हित र आपसी सहयोगका लागि खुलेको सो समाजको ९ औ अधिवेशनले चेत बहादुर बलम्पाकी मगर को नेतृत्व १७ सदस्यीय कार्यसमिति चयन छ । दोहोको नज्मामा अवस्थित गोर्खा रेष्टुरेण्टमा भएको सो अधिवेशनमा प्रदेश ३ समन्वय परिषदका कार्यवाहक अध्यक्ष विष्णु भण्डारीले सिन्धुली सेवा समाज कतार विभिन्न सामाजिक सेवामा काम गर्दे आएकामा समाजको प्रशंसा गरेका थिए । अधिवेशनमा समाजका धन भुजेलले आपसी सदभाव र सहयोग आदनप्रदानका लागि कतार सेवा समाज सधै तत्पर रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरुमा कतारमा रहेका विभिन्न धार्मिक तथा जातीय संस्थाहरु, जिल्लावासी संस्थाहरु कतारमा रहेका समाजसेवी, बुद्धिजीवी तथा व्वशायीहरुका साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनीधिहरु समेतको उपस्थिति रहेको कतारबाट नरेश सिजाली मगरले जानकारी दिए ।
उनका अनुसार सिन्धुली सेवा समाजका उपध्यक्ष नर बहादुर सुनुवारले स्वागत गरेका थिए । सो अधिवेशनमा कतारमा कार्यरत कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए थिए । कार्यक्रमको अन्तिममा प्रदेश ३ समन्वय परिषदका कार्यवाहक अध्यक्ष भण्डारीले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: