काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भत्तलपुरको सूर्यविनायक चोकमा शंकास्पद रूपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो ।
चितुवाको छालासहित प्रहरीले चापागाँउ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, काठमाण्डौ बौद्ध बस्ने ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, ललितपुर चापागाँउ बस्ने सिन्धुपाल्चोक चौताराका ३१ बर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ बर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णु बहादुर माझीलाई पक्राउ गरेको हो ।