नेपालमा बर्डफ्लुबाट मानिसको मृत्यु ! « Nagarik Khabar

नेपालमा बर्डफ्लुबाट मानिसको मृत्यु !



काठमाडौं । नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु देखा परेको छ । काभ्रेमा २१ वर्षीय मानिसमा बर्डफ्लु देखा परेको हो । उनको १५ वैशाखमा मृत्यु भएकोमा १७ गते बर्डफ्लु लागेको पुष्टि भएको हो । उनको कुन अस्पतालमा उपचार भएको थियो भन्ने पनि सार्वजनिक गरिएको छैन । यसबारेमा अहिले केहीबेरमै स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।

यसअघि कुखुरा तथा चराहरुमा बर्डफ्लु देखा परेपनि मानिसमा सरेको पुष्टि भएको थिएन । अहिले भने मानिसमा समेत सरेको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: