किशोरी बलात्कार अभियोगमा ३ जना पक्राउ « Nagarik Khabar

किशोरी बलात्कार अभियोगमा ३ जना पक्राउ



काठमाडौं । बर्दिया,गुलरिया नगरपालिका ५ बालापुर बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्नेहरु १८ वर्षीय राम चरण चौधरी र
१९ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई थप अनुसन्धान लागि जिल्ला अदालत बर्दियाबाट ५ दिनको समय लिएको छ ।
रुपन्देही, देवदह नगरपालिका५ नयाँबस्ती बस्ने ४०वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही स्थान बस्ने २७ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको छ । परियारलाई पनि प्रहरीले रुपन्देही अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: