चोरी गर्ने थापा पक्राउ « Nagarik Khabar

चोरी गर्ने थापा पक्राउ



जनकपुर । जनकपुर उपमहानगरपालिका ८ बजरंग चोक बस्ने रामसृष्ट साहको घरमा चोरी गर्ने महोत्तरी बर्दिवास नगरपालिका ७ बस्ने २३ वर्षीय अरविन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा घरबाट १ थान ल्यापटप, सुन १तोला, चाँदीको गहना करिब १२ तोला र नगद ५० हजार रुपैयाँ चोरी भएको भन्ने खबर प्राप्त हुनासाथप्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले अरविनलाई उक्त चोरी भएको ल्यापटप र नगद ५ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई चोरी अभियोगमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: