ट्राफिक जाम हटाउन पिक एण्ड ड्रपको व्यवस्था : प्रहरी वरिष्ठ उपरीक्षक पन्त (भिडियोसहित) « Nagarik Khabar

ट्राफिक जाम हटाउन पिक एण्ड ड्रपको व्यवस्था : प्रहरी वरिष्ठ उपरीक्षक पन्त (भिडियोसहित)



काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न सरकारले सहरका विभिन्न स्थानमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिँदै आइएको छ । यसलाई अझ बिस्तार गर्ने क्रममा वैशाख १५ गतेदेखि कोटेश्वरमा पनि यो व्यवस्था लागु गरिएको छ ।

ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा उक्त व्यवस्था लागु गरेसँगै सवारी जाममा कमी हुने र यात्रुलाई पनि सुविधा हुने बताउँछन् ।

सवारी साधनले यात्रु कुर्दा अत्याधिक जाम हुने भएकाले यो नियम लागु गरिएको हो । यस व्यवस्था लागु भएसँगै धेरै अरनिको राजमार्ग हुँदै काठमाडौं भित्रिने मुख्य चोकमा सवारीसाधनको जाम कम हुने आशा लिइएको छ ।

काठमाडौंमा यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, सुन्धारा, लैनचौर रुटमा यो व्यवस्था लागु भइसकेको छ । त्यहाँ पाइएइको सफलताले यसलाई बिस्तार गर्दै लगिएको ट्राफिक प्रहरीको भनाइ छ ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन उपत्यकाको अन्य स्थानमा पनि लागु गर्ने तयारी भइरहेको छ । उपत्यकाको विभिन्न सार्वजनिक स्थलमा छरिएर रहेको टिकट काउन्टरहरु पनि हटाउन सुरु गर्ने प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताए । यातायात क्षेत्रलाई सुधार गरी व्यवस्थित शहर निर्माणका लागि फुतपाटदेखि टिकट काउन्टर सबै हटाउन लागिएको हो । बसको टिकट सम्बन्धित स्थलबाट मात्र काट्न पाउने, टिकट काट्नेहरुको तथ्यांक राख्ने योजना ट्राफिक प्रहरीको छ । यस्तै, टोखा–कालीमाटी–विष्णुमति कोरिडोर समेत खोल्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: