सेयर बजार चार अङ्कले गिरावट « Nagarik Khabar

सेयर बजार चार अङ्कले गिरावट



काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि थामिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ । कुल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर ५८ करोड ७८ लाख ५५ हजार ११३ रुपैयाँ खरिद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।

सेयर बढ्ने समूहमा होटल १३.६३, निर्जीवन बीमा ३७.५५ र उत्पादन ३८.०८ बिन्दुले रहेको छ । बैंकिङ ६.६७, विकास बैंक १०.३२, जलविद्युत् ४.५०, वित्त ३, अन्य १.३४, लघुवित्त ६.९ र जीवन बीमा १८.६८ बिन्दुले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता ३१४ रुपैयाँमा चार करोड ७२ लाख आठ हजार ५२३ रुपैयाँमा कारोवार भएको छ । यस्तै दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रतिकित्ता एक हजार तीन रुपैयाँमा दुई करोड ६६ लाख १५ हजार १३५ रुपैयाँमा सो कम्पनीको शेयर कारोवार भयो ।

यस्तै शिवम् सिमेन्ट दुई करोड ५२ लाख १७ हजार २८२, सिभिल बैंक रु दुई करोड दुई लाख ६६ हजार ९९१, छिमेक लघुवित्त वित्तीय संस्था एक करोड ९४ लाख ५३ हजार ७२८ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५.२७ प्रतिशतले कमाए । यस्तै शिवम् सिमेन्ट ४.८८, युनिभर्सल पावर कम्पनी ४.०८, बोटलर्स नेपाल तराई ३.७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३.७७ प्रतिशतले कमाएका छन् ।

युनाइटेड मोदी हाइड्रो पावर ५.०४, नवील इक्विटी फण्ड ४.९४, एक्सेल डेभलपमेन्ट बैंक ४.७६, सिन्धु विकास बैंक ४.४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४.१२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: